पञ्चकन्या बचत तथा ऋण सहकारीको कोटेश्वरमा सेवा केन्द्र विस्तार


काठमाडौँ । पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. ले एक समारोहका बीच रिबन काटेर का.म.न.पा– ३२ कोटेश्वर, भृकुटी भवनमा विधिवत् रूपमा सदस्य सेवाकेन्द्र विस्तार गरेको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष अनुपकुमार अग्रवाल, कार्यकारी सञ्चालक दिनेशकुमार पोख्रेल, प्रमुख व्यवस्थापक ठाकुरनाथ आचार्यले सामूहिक रूपमा सेवा विस्तारको उद्घाटन गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरी कार्यक्रमको उपादेयतामाथि प्रकाश पार्दै कार्यकारी सञ्चालक दिनेशकुमार पोख्रेलले कोटेश्वरमा विस्तार गरिएको सेवाले यो क्षेत्र वरिपरिका सदस्यलाई थप सुविधा र सहजता प्रदान गर्ने समेत बताउनुभएको थियो ।

उक्त संस्थाका प्रमुख व्यवस्थापक ठाकुरनाथ आचार्यले उक्त सेवा केन्द्रबाट संस्थाले आउँदो आर्थिक वर्षमा १५ देखि २० करोड रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

कोटेश्वर क्षेत्रमा रहेका सदस्यहरूको मागले यस क्षेत्रमा सेवा केन्द्र विस्तार गर्न सफल भएको र सदस्यका सम्पूर्ण वित्तीय करोबारको सम्पूर्ण समाधानको एक मात्र विकल्पको रूपमा सबैले सम्झन सक्ने गरी संस्थाले सेवा दिने कुरा प्रमुख व्यवस्थापक आचार्यले बताउनुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरी वित्तीय सहकारीहरूमा छुट्टै पहिचान बनाउन सफल पञ्चकन्या सहकारीले प्रधान कार्यालय न्यूरोडमा पहिल्यैदेखि सेवा दिँदै आइरहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन