भक्तपुर बचत संघद्वारा कर्मचारीहरुका लागि कर तथा कोष व्यवस्थापन तालिम सञ्चालन

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा दुई दिवसिय कर तथा कोष व्यवस्थापन तालिम सम्पन्न भएको थियो ।

उक्त बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्थाको कर तथा कोष व्यवस्थापन उच्च व्यवस्थापनका कर्मचारीको काम भएकोले सो बारे क्षमता बृद्धिमा तालिमले टेवा पुर्याउने विचार व्यक्त गर्दै उहाँले सहकारी संघ संस्था बीचको कारोबारमा अग्रिम ब्याजकर १५ प्रतिशत लागु हुुनु अव्यवहारिक र अन्यायपूर्ण रहेको भन्दैं सुधारको लागि सम्बन्धित निकायमा अवाज उठाउदैं आएको समेत बताउनुभएको थियो । उहाँले सहकारी संस्थाहरुमध्ये ७० प्रतिशत सहकारी संस्था स्थानीय तह अन्तर्गत सञ्चालनमा रहेकोले स्थानीय चुनावमा सहकारीको विकासका एजेन्डाबारे सहकारीकर्मी सचेत हुन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी संघका सचिव एंव उपसमितिका संयोजक जगनाथ प्रजापतिले संस्थाले कर तथा कोष व्यवस्थापन सहितको आर्थिक विवरणबारे अध्ययन तथा जानकारी राख्न सकिन्न भन्ने उद्देश्यले तालिमको आयोजना गरेको र तालिमले संस्थाको कर योजना तथा व्यवस्थापनले सम्भाव्य दण्ड जरिवानाबाट बच्न टेवा पुर्याउने विचार समेत व्यक्त गर्नुभएको थियो ।

उपसमितिका सदस्य विकुलाल सुवालले धन्यवाद मन्तव्य दिदैं सिकेका कुराहरुको व्यवहारिक प्रयोग गर्नुपर्ने विचार राख्नुभएकलो थियो भने सि.ए. विजय सुकुपायोले कर व्यवस्थापनबारे र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत उमेश कोइरालाले कोष व्यवस्थापनबारे सहजीकरण गर्नुभएको थियो ।

उक्त तालिमको समापन समारोह सञ्चालन उपसमितिका सदस्य चन्डिका छुंकाले गर्नुभएको थियो भने तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशि व्यक्त गर्दै तालिमबाट अग्रिम कर कट्टी, कर दरहरु, राजश्व शिर्षक, अनलाइन कर दाखिला, इटिडिएस, कोष बाँडफाँड, कोषको उपयोगिता लगायतका विषयहरु सिकेको बताउनुभएको थियो भने सो तालिममा संस्थामा कार्यरत ३२ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *