चितवन । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि. भरतपुर-११ चितवनको तेस्रो त्रैमासिक समीक्षा बैठक सम्पन्न भएको थियो ।
उक्त संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त बैठकमा संस्थाका सचिव कृष्णप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले हाल सम्मको कार्य प्रगतिको समीक्षा र आगामी कार्य योजनाको बिषयमा प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति सहित ब्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको सो समीक्षा बैठकमा बजारको पछिल्लो अवस्था तरलता ब्यवस्थापन र ऋण लगानी तथा असुलीको बिषयमा गहन छलफल समेत भएको थियो ।
Leave a Reply