हाम्रो जनकल्याण साकोसद्वारा स्थापना दिवसका अवसरमा रक्तादान कार्यक्रम


दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाको २६औं स्थापना दिवसकका अवसरमा खुला रक्तदान सम्पन्न गरेको थियो । नियमित रुपमा स्थापना दिवसको अवसरमा आयोजना गर्ने रक्तदानमा २३ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा संस्थाका अध्यक्ष राजन श्रेष्ठलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति गोकर्णप्रसाद पोख्रेल र संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीलाई अध्यक्ष राजन श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदानको उद्घाटन गरिएको थियो भने रक्तदानलाई वार्षिक कार्यक्रममा राखी नियमित गर्ने गरिएको बताउँदै अध्यक्ष राजन श्रेष्ठले रक्तदातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यसैगरी २०५४ साल बैशाख १७ गते स्थापना भएको संस्थाले बचत तथा ऋणको कारोबारदेखि बाहेक सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि वार्षिक कार्यक्रममा समावेश गरी निरन्तरता दिइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनुभएको थियो भने हाल संस्थामा आठ हजार पाँच सय शेयर सदस्य र तीन हजार तीन सय बालबचतकर्ता छन् भने ७३ करोड ५० लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न