नवलपरासीको हाम्रो सुपर साकोस एक्सेस कार्यक्रममा आबद्ध


नवलपरासी । बर्दघाट नगरपालिका–२ चिसापानी, नवलपरासीस्थित हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस कार्यक्रममा आबद्ध भएको थियो । एसियाली ऋण महासंघले विकास गरेको उक्त कार्यक्रम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा लागु गरिएको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिकीकरण कार्यक्रम हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच एक्सेस कार्यक्रम सम्झौता सम्पन्न भएको थियो । त्यसैगरी कार्यक्रममा साकोसका अध्यक्ष खेमराज सुबेदी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत भरत न्यौपानेले सम्झौता पत्रमा संयुुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियोे भने सम्झौता कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, भुमही सेवाकेन्द्र प्रमुख नेत्रप्रसाद सापकोटा, साकोसका सचिव बिष्णुप्रसाद बराल, कोषाध्यक्ष रुकमागत पाण्डे र व्यवस्थापक विष्णुबहादुर बस्नेत उपस्थित हुनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न