सहकारी अवलोकनको गन्तब्य बन्दै हाम्रो चित्रवन साकोस


भरतपुर । गण्डकी प्रदेश कास्की जिल्ला पोखरा स्थित आस्था बचत तथा ऋण सहकारी संस्थाले भरतपुर-११ स्थित हाम्रो चित्रवन साकोसलाई सहकारी अवलोकनको गन्तव्य रुपमा लिदै सहकारी अवलोकन भ्रमण सम्पन्न गरेको थियो ।

नेफस्कून पोखरा फिल्ड ईन्चार्ज यमकला सुवेदीको उपस्थिति सहित संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति लगायतका बिभिन्न उपसमिति सहित २९ जनाको भ्रमण टोलिले यस हाम्रो चित्रवन साकोसको अवलोकन भ्रमण गरेको थियो भने अवलोकनका क्रममा हाम्रो चित्रवन साकोसका प्रमुख कार्यकारी अधिकृत उमाकान्त पौडेलले हाम्रो चित्रवन साकोसको स्थापनाकाल देखी हाल सम्मका गतिबिधिहरुलाई सक्षिप्त रुपमा जानकारी समेत गराउनुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अवलोकनकर्ता सहकारीको तर्फबाट आफ्ना भनाई राख्नुहुदै आस्था साकोसका अध्यक्ष कृष्णप्रसाद आचार्यले हाम्रो चित्रवन साकोस सहकारी अवलोकन भ्रमण तथा सिकाई आदान प्रदानको लागि महत्वपुर्ण गन्तब्य रहेको र यस अवलोकन भ्रमण निकै फलदायी रहेको बताउनुभएको थियो ।

त्यसैगरी पछिल्लो समय चितवनमा सहकारी अध्ययन तथा अवलोकनमा आउने साकोसहरुले हाम्रो चित्रवन साकोसलाई एक अवलोकन गन्तव्यको रुपमा लिने गरेको संस्थाका बरिष्ठ व्यवस्थापक तुलसीराम धिताले बताउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न