कोन सामुदायिक साकोसद्वारा खुल्ला रक्तदानः १ सय २४ जनाले गरे रक्तदान
कास्की । पोखरा-१३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय २४ जनाले रक्तदान गरेको संस्थाले जनाएको थियो ।
उक्त संस्थाका अध्यक्ष तिर्थबहादुर बस्नेतको सभापतित्व, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको प्रमुख आतिथ्यता तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी संस्थाका सचिव शान्तकुमार श्रेष्ठले रक्तदान कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरुलाई संस्थाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।