अनुग्रह साकोस कर्ब्स कार्यक्रममा आबद्ध


चितवन । खैरहनी नगरपालिका–१०, कठारमा रहेको अनुग्रह बचत तथा ऋण सहकारी संस्था लि. कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । उक्त कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत चिस्कून र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत अनुग्रह साकोस आज कर्ब्समा आबद्ध भएको हो ।

उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसका अध्यक्ष बसन्तकुमार चौधरी, नेफ्स्कूनको तर्फबाट चितवन फिल्ड कार्यालय इन्चार्ज रिशभराज रेग्मी, चिस्कूनको तर्फबाट कार्यक्रम अधिकृत पुरुषोत्तम ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सो कार्यक्रममा साकोसकी उपाध्यक्ष ख्यान्टी महतो, सचिव अर्जुनप्रसाद चौधरी, नेफ्स्कून टाँडी सेवाकेन्द्र प्रमुख केदार अधिकारी, अनुग्रह साकोसकी व्यवस्थापक माया चौधरी, सह–व्यवस्थापक मिरा महतो, बजार प्रतिनिधि कल्पना चौधरी उपस्थित हुनुभएको थियो ।

त्यसैगरी साकोस सुदृढीकरणका लागि स्तरीकरण र स्थिरीकरण कोषको महत्वसँगै पछिल्लो समय साकोसहरुको स्तरीकरण कार्यक्रम आबद्धता बढ्दो क्रममा रहेको छ । हिजो मात्रै नवलपरासीको हाम्रो सुपर साकोस एक्सेस कार्यक्रममा आबद्ध भएको थियो भने आजै नवलपरासीको अमर साकोस प्रोबेसन र काठमाडौंको गृहिणी सेवा साकोस कर्ब्स कार्यक्रममा आबद्ध भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न