सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम


काठमाडौं । सहकारीहरु समस्याग्रस्त हुनुपूर्व गर्नुपर्ने अनुगमनलाई प्रभावकारी बनाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले स्थानीय तहका सहकारी हेर्ने कर्मचारीहरुका लागि तालिम प्रदान गरेको छ । समितिले उपत्यका भित्र रहेका स्थानीय तहका सहकारी शाखा प्रमुखहरुलाई ऋण भुक्तानी तथा बचत फिर्ता सम्बन्धी दुई दिवसीय तालिम प्रदान गरेको थियो ।

उक्त तालिममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालको अध्यक्षता, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र रजिष्ट्रार रुद्रप्रसाद पण्डितको आतिथ्यता रहेको थियो ।

त्यसैगरी भक्तपुरको सल्लाघारीमा सम्पन्न उक्त तालिममा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यहरु, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधिहरु, सहकारी विभागका कर्मचारीहरु, भूमि व्यवस्था विभागका कर्मचारीहरु, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका स्थानीय तहमा सहकारी हेर्ने प्रमुख कर्मचारीहरु सहित नेफ्स्कून, कास्कून र प्रोस्कूनका कर्मचारी र समितिका कर्मचारीहरुको समेत सहभागिता रहेको थियोे ।

 

 

 

 

 

 

 

 

 

 

 

उक्त तालिमको पहिलो दिन समितिका अध्यक्ष काशीराज दाहालबाट सहकारीको सिद्धान्त र व्यवस्थापन समितिको काम कारबाही सहकारी मन्त्रालयका सहकारी हेर्ने सहसचिवबाट सहकारी संस्थाहरुको नियमनमा मन्त्रालयको भूमिका र रजिष्ट्रार पण्डितद्वारा सहकारी समस्याग्रस्त हुनुपूर्वको अवस्था तथा समस्याग्रस्त हुने स्थिति विषयक कार्यपत्र प्रस्तुतीकरण भएका थिए भने तालिमको दोस्रो दिन समितिका सदस्य केशवराज आचार्यबाट समस्याग्रस्त सहकारी संस्थाहरुको लेना असुलीमा प्रशासकीय कारबाही, सदस्य डी.बी. बस्नेतबाट व्यवस्थापनमा सहकारी संघ तथा संस्थाको भूमिका र सदस्य शेरजंग रानामगरबाट लेना असुली तथा दायित्व भुक्तानी सम्बन्धी कार्यपत्र प्रस्तुत भएका थिए ।

उक्त सहकारी संस्था समस्याग्रस्त हुनुपूर्व गरिनुपर्ने अनुगमन, सहकारी कानुन कार्यान्वयन, संघ, प्रदेश र स्थानीय तहबीच बाझिएका कानुन संशोधन, समस्याग्रस्त भइसकेपछिको भुक्तानी प्रक्रिया लगायतका विषयमा तालिमका सहजकर्ताहरुले विशेष जोड दिनुभएको थियो ।

अत्याधिक सहकारी दर्ता, अनुगमन शून्य, अस्पष्ट सहकारी ऐन नियम, अनुगमनमा क्षेत्रगत विषय नछुट्टिने, पालिका स्तरमा दक्ष जनशक्ति अभाव, स्थानीय तह र अभियान बीच सहकार्यको अभाव लगायत छलफलमा उठेका विविध विषयमा प्रस्तोताहरुबाट सम्बोधन भएको थियो भने उक्त तालिम पश्चात सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार सुशासन प्रवर्धन गर्ने कार्यमा पालिकाहरु र सम्बन्धित निकायबाट सामूहित प्रतिबद्धता समेत जारी गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न