पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन


काठमाडौं । पोखरामा सञ्चालित दुई सहकारीले आफ्नो स्थापना दिवसका अवसरमा संयुक्त रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि. को १६औं स्थापना दिवस र बाघमारा बहुउद्देश्यीय सहकारीको १०औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको संयुक्त रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको थियो ।

जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले सुरक्षा पालुवा साकोसका अध्यक्ष टुल्कनाथ आचार्यलाई ब्लड ब्याग प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी संघकी अध्यक्ष कोइरालाले सामाजिक क्षेत्रमा सुरक्षा पालुवा र बाघमारा सहकारीले अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको र आगामी दिनमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै संयुक्त सामाजिक क्रियाकलापले दुई सहकारीबीच पारस्परिक सहयोग र कार्यगत एकता कायम गर्न सकिने विचार समेत राख्नुभएको थियो ।

बाघमारा सहकारीका संस्थापक अध्यक्ष डिल्लीराम बरालले स्वागत मन्तव्य र सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीको क्षेत्रिय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रमको सञ्चालन सुरक्षा पालुवा सहकारीका सञ्चालक निर्मल आचार्यले गर्नुभएको थियो भने कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने रक्तदाता, प्राविधिक तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित बाघमारा सहकारीका अध्यक्ष तुलसीमणी अधिकारीले कार्यक्रम समापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दोलखामा कोपोमिस तालिम सञ्चालन
लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया
सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल