मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु


दोलखा । जिल्लाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुमाझ डिजिटल वित्तीय सेवा अभिमुखीकरण कार्यक्रम गरी क्यूआर कोड सेवा वितरण गरेको थियो । उक्त साकोस मार्फत डिजिटल वित्तीय सेवा उपभोग गर्न चाहने सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सहित क्युआर कोड स्टयाण्ड बितरण गरिएको साकोसले जनाएको थियो ।

 

त्यसैगरी सदस्यहरुमाझ ए.टी.एम. सेवा तथा रेमिटान्स्, मिसकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित मोवाईल बैंकीङ्ग सेवा विस्तार गर्दै आइरहेको साकोसले सदस्यहरुमाझ क्यूआर कोड सेवा सुरु गरेको हो । प्रविधि र मुस्कान सहितको सदस्य सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको मिलिजुली कालिञ्चोकले भावि दिनमा पेपरलेस र क्यासलेस सेवा दिने उद्देश्य सहित सो को पुर्वाधार तयारीमा जुटेको जनाएको छ ।

उक्त साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यतामा सञ्चालित कार्यक्रममा सचिव ठाकुरप्रसाद पाठकले स्वागत मन्तब्य, प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले स्लाईड प्रस्तुति सहित सहजीकरण र स. व्यवस्थापक रमेश सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

त्यसैगरी साकोसले ईन्फोडेभलपर्स प्रा.लि., हिमालयन बैंक लि. र स्मार्ट च्वाईस टेक्नोलोजि प्रा.लि. सँग समन्वय गरी ए.टी.एम. सेवा तथा रेमिटान्स्, मिसकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित मोवाईल बैंकीङ्ग सेवा सदस्यहरुमा विस्तार गरेको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न
नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न