साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा साकोसमा कार्यरत नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम (Cashier and Receptionist Capacity Enhancement Training) सम्पन्न भएको थियो ।
उक्त तालिममा काठमाडौं, ललितपुर र भक्तपुर मा सञ्चालित साकोसमा कार्यरत नगद परिचालक तथा रिसेप्सनिष्ट गरी २७ जनाको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।