ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौं । ललितपुरको महालक्ष्मी नपा–९, लामाटारमा रहेको ब्रम्हपुरी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त साकोसका उपाध्यक्ष गणेशप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु रहनुभएको थियो ।

त्यसैगरी प्रमुख अतिथि कोषाध्यक्ष पनेरुले साकोस सुदृढीकरणका लागि नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स पहिलो खुड्कीलो भएको प्रस्ट पार्दै साकोस सञ्चालनमा सुशासन महत्वपूर्ण विषय रहेको  कुरा व्यक्त गर्नुभएको थियो । उहाँले नेफ्स्कून सदस्य संस्थाको हित र संरक्षणका लागि सदैब सरकार र विभिन्न सरोकारवाला निकायहरुसँग समन्वयकारी भूमिकामा रहदै आएको समेत जानकारी गराउनुभएको थियो ।

 

उक्त कार्यक्रमको समापन सत्रमा आयोजक संस्थाका अध्यक्ष रामशरण घिमिरेले नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रमले संस्थालाई नियमित कानुनी परिपालना र सदस्य हितमा काम गर्न मार्ग निर्देशन गरेको बताउदै नेफस्कूनले सबै बचत तथा ऋण सहकारीलाई नेफ्स्कूनमा आवद्ध गराएर सहकारी सञ्चालनमा नीति र विधिगत एकरुपता कायम गर्न पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा अष्ट मातृका साकोस, नब दुर्गा साकोस, दिपावती साकोस, समता साकोस, जागरुक महिला साकोस, पुश्पान्जली साकोस, शिक्षक हित साकोस र आयोजक संस्था ब्रह्म पुरी साकोसको प्रस्तुती र असल सिकाई अभ्यास आदान प्रदान भएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन