उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन


चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कून र चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.चिस्कूनको संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत चितवनका साकोस व्यवस्थापकहरुका लागि उच्चस्तरी पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न भएको थियो ।

चिस्कूनका अध्यक्ष हरिश्चन्द्र सुुवेदीको अध्यक्षतामा उक्त तालिम सञ्चालन भएको थियो । त्यसैगरी सो तालिम सहजीकरण नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रममा चिस्कूनकी उपाध्यक्ष एवं नेफ्स्कूनकी सञ्चालक विद्या कोईरालाले सहभागीहरुलाई स्वागत गर्नुुभएको थियो ।

 

उक्त तालिममा संघकी सञ्चालक प्रमिला ढकाल, किशोर गुुरुङ, शिक्षा समिति सदस्य हरीकृष्ण चापागाई, व्यवस्थापक अनिता न्यौपाने, फिल्ड अधिकृत पुरुषोतम ढकाल र विभिन्न सदस्य साकोसहरुबाट २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव रामराज पौडेलले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन