सहयोगी बहुउदेश्यीय सहकारी अब आफ्नै भवनमा


ललितपुर, कार्तिक २४ । ललितपुरको पूर्वी भेग लुभुमा अवस्थित सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै नवनिर्मित भवनबाट वित्तीय कारोवार शुरु गरेको छ । १९ औं वार्षिकोत्सवको उक्त नवनिर्मित सहयोगी भवनको उद्घाटन राष्ट्रिय सहकारी संघका सञ्चालक तथा नेपाल केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले कार्तिक २२ गते शनिबार एक कार्यक्रमका बीच गर्नुभएको थियो । साढे १२ आना जग्गा निर्मित ३ तले भवन निर्माणका लागि १ करोड ३० लाख रुपैया खर्च भएको जानकारी संस्थाका अध्यक्ष नारायणभक्त श्रेष्ठले दिनुभयो ।

२०५३ सालमा स्थापित उक्त संस्थाले सदस्यहरुलाई लक्षित गरी सहयोगी सुपथ मूल्य सहकार पसल, वेष्ट विङ्ग स्कूल र सहयोगी अर्गानिक कृषि केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न परियोजनाहरु सञ्चालन गरेको र निकट भविष्यमा बृद्धबृद्धालाई लक्षित गरी सहयोगी जेष्ठ नागरिक गृह समेत सञ्चालनमा ल्याउने जानकारी दिइयो । हालसम्म संस्थाको ३ करोड शेयरपूँजी, ३७ करोड ५० लाख बचत संकलन र २६ करोड कर्जा प्रवाह रहेको छ भने संस्थामा २ हजार ३ सय सदस्य आवद्ध रहेका छन् ।

लुभु र लामाटार गाविसलाई आफ्नो कार्यक्षेत्र बनाएर कारोवार गर्दै आएको संस्थाले ८० प्रतिशत लगानी स्थानीय उद्योगधन्दामा गरेको छ । संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न