नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठक सम्पन्न


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको शिक्षा तथा स्रोत केन्द्र उपसमितिको बैठकले तालिम तथा शिक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आगामी योजना सम्बन्धमा विस्तृत छलफल गरेको थियो । त्यसैगरी सदस्य संघ संस्थाहरुको क्षमता अभिवृद्धि तथा दिगो विकासका लागि मागमा आधारित सहभागितामूलक तथा निःशूल्क तालिमहरु सञ्चालन गर्ने सम्बन्धमा आगामी बर्षको बजेट तथा योजना निर्माणलाई बैठकले विशेष जोड दिइएको संघका महासचिव एवम् शिक्षा तथा स्रोत केन्द्र उपसमितिका संयोजक दामोदर अधिकारीले जानकारी गराउनुभएको थियो ।

उक्त संघकी उपाध्यक्ष शान्ति अधिकारीको आतिथ्यता एवम् उपसमिति संयोजक, संघका महासचिव अधिकारीको संयोजकत्वमा बसेको बैठकले संघको तालिम तथा शिक्षाका कार्यक्रमहरुको हालसम्मको प्रगति समिक्षा समेत गरेको थियो ।

त्यसैगरी समितिमा आबद्ध साकोसका प्रतिनिधिहरु क्रमशः रामहरि के.सी, वीरेन्द्र भण्डारी, ज्ञानु पौडेल र रामशरण घिमिरे हुनुभएको थियो भने बैठक सहजीकरण संघका प्राचार्य एवम् निमित्त प्रमुख कार्यकारी अधिकृत सन्जयराज तिमिल्सिनाले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन