बागलुङ र म्याग्दीमा सञ्चालित साकोसहरुका लागि ऋण व्यवस्थापन तालिम प्रदान
बागलुङ । बागलुङ बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सञ्चालित ऋण व्यवस्थापन तालिम बागलुङमा सम्पन्न भएको थियो । उक्त तालिममा बागलुङ र म्याग्दी जिल्लाका विभिन्न १६ बचत तथा ऋण सहकारी संस्थाका ऋण उपसमितिका संयोजक, सदस्यहरु र कर्मचारीहरु सहित २२ जनाको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।
उक्त तालिमको समापन सत्रका अवसरमा बागलुङ जिल्ला बचत संघका अध्यक्ष एव् नेफ्स्कूनका सञ्चालक सदस्य चण्डीप्रसाद शर्मा पौडेलले बाग्लुङ्ग जिल्ला र छिमेकी जिल्ला म्याग्दीमा सञ्चालित सहकारीमा ऋण व्यवस्थापन गर्ने २२ जना दक्ष जनशक्ति तयार भएकोमा खुसी समेर व्यक्त गर्नुभएको थियो ।
उहाँले आगामी दिनमा पनि जिल्ला संघ मार्फत अन्य तालिमहरु आयोजना गर्ने जानकारी गराउदै तालिममा सिकेको कुरा व्यवहारमा पूर्ण सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो भने सो तालिम नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत बागलुङ जिल्ला बचत संघको आयोजना भएको थियो ।