भारतीय सहकारीकर्मी टोलीलाई नेफ्स्कूनमा स्वागत


काठमाडौं । भारतीय सहकारीकर्मीहरुको एक टोलीले आज नेफ्स्कून केन्द्रीय कार्यालय नयाँ बानेश्वर भ्रमण गरी संघका अध्यक्ष एवम् उच्चव्यवस्थापन समूहसँग शिष्टाचार भेट गरेको थियो ।भारतको दिल्लीस्थित दिल्ली कोअपरेटिभ हाउसिंग फाइनान्स कर्पोरेशन लिमिटेड (DCHFCL) का अध्यक्ष राजेश गोयल लगायतको भ्रमणदलले बचत तथा ऋण सहकारी अभियानको शीर्षस्थ निकाय नेफ्स्कूनसँग भेट गरेको हो । भारतको दिल्ली एन.सी.टी. सरकार अन्तर्गत रहेको उक्त फाइनान्स करपोरेसनले भारतीय कोअपरेटिभको क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आइरहेको थियो ।

त्यसैगरी भेटका क्रममा संघका अध्यक्ष परितोष पौडेल, प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल लगायत विभागीय प्रमुखहरुले सहकारीको क्षेत्रमा भइरहेका दुइ देशीय बहुआयामिक सम्बन्धका बारेमा चर्चा गर्दै भम्रणले सम्बन्ध विस्तारलाई थप प्रगाढ बनाएको उल्लेख गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन