कालीगण्डकी गाउँपालिकाका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन


स्याङ्जा । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी स्याङ्जाको बिर्घामा सम्पन्न भएको थियो । स्याङ्जा जिल्ला बचत संघका उपाध्यक्ष यज्ञ पाठकको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खिमबहादुर थापा र विशेष अतिथिमा सूचना अधिकृत हिरामण्डी पाण्डे हुनुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरी स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको आधारशिला कार्यक्रम विभिन्न स्थानीय तहसँगको सम्झौता कार्यान्वयन मार्फत अगाडि बढीरहेको छ ।

उक्त कार्यक्रममा गाउँपालिका भित्र सञ्चालित विभिन्न प्रकृतिका १८ बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरु, गाउँपालिकाका सहकारी शाखाका कर्मचारी, नेफ्स्कून कर्मचारी गरी ३८ जनाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रमुख अतिथि, नवनिर्वाचित अध्यक्ष थापाले सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि नेफ्स्कूनले शुरुवात गरेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभएको थियो ।  उहाँले गाउँपालिकाले नेफ्स्कून र जिल्ला संघसँगको सहकार्य र संयुक्त साझेदारीमा कार्यक्रमलाई निरन्तरता दिएको खुसी व्यक्त गर्दै कार्यक्रमको थप प्रभावकारीताका लागि सहकारी संस्थाहरुमा नीति तथा पद्धतिको प्रयोग गरी सुशासन कायम गराउन गाउँपालिकाको र व्यक्तिगत तर्फबाट पनि पूर्ण साथ सहयोग रहने बचतबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी प्रमुख यमकला पौडेल र नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन