मा वनदेबी साकोस कर्ब्स कार्यक्रममा आबद्ध


नवलपरासी । सुस्ता गाउँपालिका –१, रुपौलियामा अवस्थित मा वनदेबी बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच कर्ब्स कार्यक्रम सम्झौता सम्पन्न भएको थियो । कार्यक्रममा साकोसका उपाध्यक्ष टपनारायण चौधरी, कोषाध्यक्ष दिपनारायण चौधरी, सञ्चालक शेषनारायण चौधरी, उपसमिति सदस्य केशव शर्मा मुडवरी, व्यवस्थापक बिमला चौधरी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्का र नेफ्स्कून भूमही फिल्ड कार्यालयका प्रमुख नेत्रप्रसाद सापकोटाको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

त्यसैगरी  सुस्ता १, २, ३ नं. वडा र बर्दघाट नगरपालिकाका १४, १५ र १६ वडामा कार्यक्षेत्र रहेको मा वनदेबी साकोसमा हाल ३ सय ७८ शेयर सदस्य रहेका छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन