बर्दघाटको माकर सनराइज प्रोबेसन कार्यक्रममा आबद्ध


नवलपरासी । बर्दघाट नगरपालिका –४ मा सञ्चालित माकर सनराइज बचत तथा ऋण सहकारी संस्था लि.नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको थियो । यस सम्बन्धमा नेफ्स्कून र माकर सनराइज साकोसबीच औपचारिक सम्झौता भएको हो ।

उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा बीच साकोसका अध्यक्ष प्रदिप सुबेदी र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मनोज खड्काले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने हस्ताक्षर कार्यक्रममा साकोसका सचिव हुमनाथ आचार्य, कोषाध्यक्ष चोलाकान्त भट्टराई, सञ्चालक समितिका सदस्यहरु र नेफ्स्कून भूमही फिल्ड कार्यालयका प्रमुख नेत्रप्रसाद सापकोटा उपस्थित हुनुभएको थियो ।

त्यसैगरी २०६३ सालमा स्थापित बर्दघाट नगरपालिकाभर कार्यक्षेत्र रहेको माकर सनराइज साकोसमा हाल ११ सय १३ सेयर सदस्य र ११४ बाल सदस्य रहेका छन् भने करिब १९ करोड २६ लाखको वासलात रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन