तनहुँको श्री जनज्योती साकोस प्रोबेसन कार्यक्रममा आबद्ध


तनहुँ । भानु नगरपालिका–११, पुतलीबजारमा अवस्थित श्री जनज्योती बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको थियो । उक्त प्रोबेसन कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितासम्बन्धी पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम हो ।

त्यसैगरी साकोसको तर्फबाट अध्यक्ष रविन भुजेल तथा नेफ्स्कूनको तर्फबाट व्यवसाय अधिकृत यमकला पौडेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने साकोसमा आयोजित कार्यक्रममा साकोसका उपाध्यक्ष विद्यादेवी पाण्डेय जि.सी., सचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष ज्ञानेन्द्रराज अधिकारी र नेफ्स्कून खैरहनी सेवा केन्द्रका प्रमुख दिपक आचार्य उपस्थित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन