शुभ सेवा साकोस कीर्तिपुरको आयोजनामा सम्पन्न सिकाइ व्यवस्थापन कार्यशाला (फोटोफिचर)
कीर्तिपुर । शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लि. कीर्तिपुरको आयोजनामा नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत एघारौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कीर्तिपुरको नयाँबजारमा सम्पन्न भएको थियो ।
उक्त कार्यशालाको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । त्यसैगरी शुभ सेवा साकोसका अध्यक्ष दुर्कमान महर्जनको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरु र सञ्चालक सदस्य जिवसराज खड्काको विशेष आतिथ्यता रहको थियो ।