वस्तु तथा सेवाहरु निर्माण सम्बन्धी तालिम सम्पन्न


कलङ्‌की । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.कास्कूनको आयोजना र नेफ्स्कूनको साझेदारीमा काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाहरुका लागि वस्तु तथा सेवाहरु निर्माण सम्बन्धी तालिम सम्पन्न भएको थियो । उक्त तालिमको समापन कास्कूनका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता भएको थियो ।

त्यसैगरी अध्यक्ष दिपक पनेरुले वस्तु तथा सेवाहरु निर्माण सदस्यहरुको आवश्यकताको पहिचान गरी आवश्यकता पुरा गर्नका लागि वस्तु तथा सेवाहरु विकास गरी सहज सुलभ तरिकाले सदस्यलाई आवश्यक समयमा सेवा सुविधा उपलब्ध गराउँदै सदस्य सन्तुष्टीमा अभिवृद्धी गर्ने समग्र पक्रिया नै सदस्य सेवा व्यवस्थापन रहेको बताउनुभएको थियो  ।

उहाँले तालिममा सहभागी हुनुभएकोमा सहभागी र प्रतिनिधी संस्थाहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्ने समेत जानकारी गराउनुभएको थियो ।

 

उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले र दिन बरिष्ठ कार्यक्रम अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । त्यसैगरी संघका तालिम अधिकृत लव सिंखडाले सञ्चालन गर्नुभएको समापन समारोहमा कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदी, कार्यालय सहायक अनुज मगर र विश्वास पौडेलको उपस्थिति रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन