ललितपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना


काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि. को सहकार्य र ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा ललितपुर जिल्लाका ६ वटै पालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाइ एवम् शुभकामना प्रदान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

उक्त जोतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत, बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने स्थानीय तहको विकासमा सहकारी क्षेत्रको भूमिका र योग्दानका बिषयमा चर्चा गर्दै अध्यक्ष कार्कीले सहकारीको दिगो विकासका लागि सहकारी र स्थानीय तहबीच सहकार्यको आवश्यकता समेत उल्लेख गर्नुभएको थियो ।

त्यसैगरी पालिकावासीहरुको आवश्यकता र जनअपेक्षा बुझेर कार्यक्रम अगाडि बढाउन शुभकामना दिँदै उहाँले ललितपुरलाई नमुना पालिका बनाएर देशकै उत्कृष्ट जनप्रतिनिधिको रुपमा देख्नपाउने स्थानीयको चाहनालाई साकार पार्ने विश्वास लिइएको बताउनुभएको थियो ।

 

उक्त कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मन्जली शाक्य बज्राचार्य लगायत ६ वटै पालिकाबाट अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो भने ज्योतिपुञ्ज साकोसका प्रमुख सल्लाहकार डा. नीरजनारायण जोशी, सल्लाहकार रमेशकुमार रोक्का, सचिव नविन श्रेष्ठ, व्यवस्थापक रन्जु कार्की लगायतको उपस्थिति रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन