स्याङ्जाको वालिङमा साकोस सदस्यहरूका लागि सहकारी अभिमुखीकरण
काठमाडौं । नेफ्स्कूनको आयोजना तथा जिल्ला बचत संघ स्याङ्जाको व्यवस्थापन सहजीकरणमा जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि एवम् सदस्यहरुलाई सहकारी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यसैगरी नेफ्स्कून पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य विद्या श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख व्यक्ति जिल्ला बचत संघ स्याङ्जाका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ हुनुभएको थियो ।
सो कार्यक्रममा जिल्लाभरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट ४१ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने बचत तथा ऋण सहकारी अभियान र सहकारीका समसामयिक विषयहरुमा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सम्बोधन नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदी र सहजकर्ता तिमल्सिनाले गर्नुभएको थियो ।