सगुन साकोसको रणनीतिक योजना कार्यशाला गोष्ठी सञ्चालन
काठमाडौं । सर्लाहीको हरिवनमा अवस्थित सगुन बचत तथा ऋण सहकारी संस्था लि. ले रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठी सञ्चालन गरेको थियो । उक्त गोष्ठीको सहजीकरण नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
उक्त साकोसका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा सुरु भएको गोष्ठीको प्रमुख व्यक्ति प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती रहनुभएको थियो । त्यसैगरी साकोसका सञ्चालक समिति, उपसमिति र व्यवस्थापन सहित २२ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन साकोसका सचिव राजकुमार उप्रेतीले गर्नुभएको थियो भने कोषाध्यक्ष विनोद कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।