सहकारीमा महिला नेतृत्व विकास तालिम सञ्चालन


सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनको आयोजनामा सुर्खेतको विरेन्द्रनगरमा सहकारीमा महिला नेतृत्व विकास तालिम सञ्चालन भएको थियो । उक्त तालिम नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको प्रमुख आतिथ्यता र सुर्खेत फिल्ड व्यवस्थापन उपसमिति सदस्य लक्ष्मीकुमारी उपाध्यायको अध्यक्षतामा सुरु भएको थियो ।

त्यसैगरी प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक गोमा नेपालले ग्रामिण दुर्गम स्थानमा रहेका महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सञ्चालक एवम् नेतृत्व तहमा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको र सहकारीको विकास र प्रवर्धनका क्षेत्रमा महिला दिदीबहिनीहरु मार्फत गाउँ गाउँमा पुगेर सहकारीको जागरण र विकासका काममा अगाडि बढ्न अनुरोध समेत गर्नुभएको थियो ।

उक्त तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट २३ जनाको सहभागिता रहेको थियो । त्यसैगरी तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत गणेशप्रसाद रेग्मीले गर्नुभएको थियो भने नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय ईन्चार्ज चन्द्रदेव जोशीले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन सहजीकरण फिल्ड कार्यालय सहायक मदनकुमार चन्दले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन