काठमाडौंका सात साकोसबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण


काठमाडौं । बनस्थलीस्थित नरपानी देवनगर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत काठमाडौं चौंथो समुहका साकोसहरुबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण सम्पन्न भएको थियो । उक्त नरपानी देवनगर साकोसको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा समुहमा आबद्ध सात बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एवम् पदाधिकारीको उपस्थिति रहेको थियो ।

त्यसैगरी चौथो समुहमा आबद्ध साकोसहरुमध्ये कार्यक्रममा नरपानी देवनगर साकोस, कंकालीमाई साकोस, पासा ग्वाहाली पुचः साकोस, सप्तदेव साकोस, जनशक्ति कृषि साकोस र हजुरको त्रिवेणी साकोसबाट सहभागिता रहेको थियो भने अभिमुखीकरण सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो ।

उक्त नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम जिल्ला संघसँगको साझेदारीमा भएको थियो भने पछिल्लो समय काठमाडौंका धेरै साकोसहरु कार्यक्रममा आबद्ध
रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन