बसेनी साकोस कर्ब्स कार्यक्रममा आबद्ध


चितवन । भरतपुर महानगरपालिका–११, बसेनीस्थित बसेनी बचत तथा ऋण सहकारी संस्था लि. कर्ब्स कार्यक्रममा आबद्ध भएको थियो । उक्त कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत चितवन जिल्ला बचत संघ चिस्कून र नेफ्स्कूनको संयुक्त कार्यक्रम मार्फत बसेनी साकोस कर्ब्समा आबद्ध भएको थियो ।

त्यसैगरी साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी, नेफ्स्कूनको तर्फबाट नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइराला र साकोसको तर्फबाट बसेनी साकोसका अध्यक्ष हरिबहादुर रानाभाटले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त कार्यक्रममा साकोसका उपाध्यक्ष लिलाबहादुर त्रिपाठी, सञ्चालक गणेश देवकोटा, जिल्ला संघका कार्यक्रम अधिकृत पुरुषोत्तम ढकाल, साकोसका व्यवस्थापक शम्भुलाल श्रेष्ठ, कर्मचारीहरु विवेक रानाभाट र दिपा मल्ल उपस्थित हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन