दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ-संस्थाहरुका लागि सफ्टवेयर तालिम सुरु (फोटो फिचर)


काठमाडौं । नेफ्स्कूनको आयोजनामा दाङको घोराहीमा बचत तथा ऋण सहकारी संघ-संस्थाहरुका लागि नेकोस प्लस सफ्टवेयर तालिम सुरु भएको छ । तालिमको उद्घाटन लुम्बिनी प्रदेश सहकारी संघका सचिव एवम् दाङ जिल्ला बचत संघका अध्यक्ष रुपबहादु खत्रीले गर्नुभएको थियो ।

उक्त तालिम उद्घाटन सत्रमा बोल्दै अध्यक्ष खत्रीले सहकारीहरुले अब ढिला नगरिकन कोपोमिसमा समष्टिगत डाटा भर्न अनुरोध गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरु कर्ब्स, प्रोबेसनमा सहभागी भएर संस्थागत सुशासन कायम गर्न समेत आव्हान गर्नुभएको थियो ।

त्यसैगरी तालिममा रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाबाट गरी ३२ सहकारी संघ-संस्थाबाट सहभागिता रहेको थियो । आज र भोलि दुई दिन सञ्चालन हुने तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले गर्नुभएको थियो भने तालिमको उद्घाटन सत्र सञ्चालन नेफ्स्कून दाङ फिल्ड कार्यालयका इन्चार्ज विष्णु जोशीले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन