आगलागीका कारण क्षतिग्रस्त साकोसलाई नेफ्स्कूनद्वारा कम्प्यूटर सहयोग


रुपन्देही । देवदह नगरपालिकामा अवस्थित गुधोली बचत तथा ऋण सहकारी संस्था लि. लाई नेफ्स्कूनले एक थान कम्प्यूटर सहयोग गरेको छ । उक्त साकोसमा केही समय अघि विजुली सट हुँदा कार्यालयका सम्पूर्ण खाता र उपकरण पूर्ण रुपमा नष्ट भएको थियो । हाल संस्थाले अस्थायी कार्यालय स्थापना गरि सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।

त्यसैगरी सहयोग हस्तान्तरण कार्यक्रममा संघका सञ्चालक सन्दीप सापकोटा, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल, रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भटराई, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्य महेश्वर श्रेष्ठ, नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज छत्र धमला लगायत व्यस्थापन टिम, साकोसका अध्यक्ष रमेशचन्द्र गैरे, व्यवस्थापक केशव अधिकारी लगायतको ससहभागिता रहेको थियो भने रुपन्देहीमा सञ्चालित सदस्य सम्बन्ध व्यवस्थापन तालिमको समापन समारोहका अवसरमा संस्थाका अध्यक्षलाई संघका सञ्चालक सापकोटाले सो सहयोग उपलब्ध गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन