धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन


जनकपुरधाम । मधेश प्रदेश अन्तरर्गत धनुषाको जनकपुरधाममा वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको थियो । नेफ्स्कूनले आफ्नो सदस्य संस्थाहरुलाई लक्षित गरी आगामी आर्थिक वर्षको योजना तथा बजेट निर्माणमा सहयोग पुर्याउने हेतुले उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमको सुरुमा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य सुधिर पाण्डे, गंगा बलम्पाकी, नविन कर्ण, विजय महतोको सहभागिता रहेको थियो भने कार्यक्रममा बोल्दै सहभागी तथा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरुले यस तालिम उपयुक्त समयमा सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संस्थालाई कार्ययोजना र बजेट निर्माण गरी संस्था सञ्चालन गर्नमा महत्वपूर्ण सहयोग मिल्ने विश्वास समेत राख्नुभएको थियो ।

त्यसैगरी साकोसहरुबाट ३३ जना को सहभागिता रहेको उक्त तालिमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्यामराजा तिमिल्सिनाले गर्नुभएको थियो भने तालिममा सहभागी सम्पूर्ण साकोसका सहभागीहरुले कार्ययोजना तथा बजेटको आवश्यकता अधिक रहेको कुराको ज्ञान भएकाले आगामी आर्थिक वर्षमा बार्षिक कार्ययोजना र बजेट अनुरुप कार्य अगाडी बढाउन सहज हुने विचार राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन