सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान


सुनसरी । रामधुनी साकोस, प्रकाशपुर–१०, सुनसरीको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा मेची–कोशी चौंथो क्लस्टरको छैठौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सुनसरीमा सम्पन्न भएको थियो ।

उक्त कार्यशालामा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (PROBATION) मा आबद्ध मोरङ र सुनसरी जिल्लाका ९ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक सदस्य, व्यवस्थापक र आयोजक संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र कर्मचारी गरी जम्मा ३२ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी आयोजक साकोसका अध्यक्ष गणेशकुमार पौडेलको अध्यक्षता र नेफ्स्कून फिल्ड कार्यालय सुनसरीका व्यवसाय अधिकृत मुकेश दाहालको विशेष उपस्थितिमा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमबाट सहकारीविच सहकार्यको भावना र असल अभ्यासहरु एक आपसमा आदान प्रदान गर्ने वातावरण सिर्जना भएको भन्दै नेफ्स्कूनले सदस्य संस्थाहरुको संस्थागत विकास र गुणस्तर बृद्धिका लागि सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम निकै फलदायी रहेको सहभागीहरुले जोड दिनुभएको थियो ।

 

उक्त कार्यक्रममा सहभागी साकोसहरुबाट आ-आफ्ना संस्थागत प्रस्तुतीहरु रहेका थिए भने उत्कृष्ट प्रस्तुतकर्ताको रुपमा ग्रेट नेपाल साकोसका व्यवस्थापक कालीप्रसाद आचार्य कमललाई पुरस्कृत गरीएको थियो । सो कार्यक्रम सहजीकरण नेफ्स्कून अनुगमन अधिकृत शौभाग्य भट्टराईले र कार्यक्रममा उपस्थितहरुलाई स्वागत संस्थाको उपाध्यक्ष तथा प्रोवेसन कार्यदल संयोजक ताराबहादुर कार्की र सञ्चालन कार्यक्रम रामधुनी साकोसका सचिव बलराम दाहालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन