नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न


नवलपुर। जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी नेफ्स्कूनद्वारा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त तालिममा संघमा आबद्ध १७ बचत तथा ऋण सहकारी संस्था र आबद्धताको प्रक्रियामा रहेका थप ९ बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी किसान बचत तथा ऋण सहकारी संस्थाको क्षेत्रीय कार्यालय कावासोतीको सभाहलमा आयोजित कार्यक्रम नवलपुर जिल्ला बचत संघका का.वा अध्यक्ष होमनाथ जैशीकोको बिशेष उपस्थितिका बीच सम्पन्न भएको थियो भने नवलपुर जिल्ला बचत संघका का.वा अध्यक्ष जैशीले जिल्ला बचत संघ र नेफ्स्कूनमा सदस्य नरहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई सदस्यताका लागि आव्हान गर्नुभएको थियो ।

नवलपुरमा रहेका संस्थाहरुमा सम्बन्ध प्रगाढ बनाउन नेफ्स्कून र जिल्ला बचत संघसँगको समन्वयमा विभिन्न लागत रहित वा लागतमा सहभागितामुलक कार्यक्रम तथा तालिम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो भने नवलपुरमा नेफ्स्कूनको सेवा केन्द्र स्थापनाको माग समेत रहेको उल्लेख गर्नुभएको थियो ।

त्यसैगरी भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सहजीकरण नेफ्स्कून चितवन फिल्ड कार्यालयका इन्चार्ज रिषभराज रेग्मी र कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो भने कोपोमिस दाखिला सम्बन्धी नेफ्स्कूनका सूचना प्रविधि शाखाका कर्मचारी अर्जुन गुरुङ्गले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन