कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
कैलाली । सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलालीको बर्दगोरिया गाँउपालिकामा सञ्चालित सहकारीहरुका लागि सहकारी व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना र बर्दगोरिया गाँउपालिकाको सहकार्यमा आधारशिला कार्यक्रम अन्तर्गत सो सहकारी व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकास तथा सशक्तिकरणका लागि गतबर्षदेखि आधारशिला कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य एवम् कञ्चनपुर फिल्ड व्यवस्थापन उपसमिति संयोजक माधवप्रसाद जोशीको अध्यक्षता र बर्दगोरिया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो भने कार्यक्रमका अतिथिहरुमा बर्दगोरिया गाँउपालिकाका सहकारी शाखा अधिकृत झपिराज ओझा र सूचना प्रविधि सहायक सिताराम चौधरीको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बर्दगोरिया गाँउपालिका कैलालीमा सञ्चालित विभिन्न प्रकृतिका सहकारीबाट २८ जना व्यवस्थापक र अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो तालिम सहजिकरण संघका कार्यक्रम अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन र व्यवस्थापन धनगढी सेवा केन्द्र कैलालीका इन्चार्ज योगेश बोहराले गर्नुभएको थियो ।