प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान


दोलखा । गौरीशंकर क्लष्टरमा आवद्ध दोलखा र रामेछाप जिल्लाका ७ बचत तथा ऋण सहकारी संस्थाहरुको २५औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो ।नेफ्स्कूनद्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोबेसन अन्तर्गत उक्त क्लष्टरमा आबद्ध साकोसहरुबीच हालसम्मका असल सिकाई अभ्यासहरु आदान प्रदान गरिएको थियो ।

त्यसैगरी जनजागरण साकोस, दोलखाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला गोष्ठीको अध्यक्षता आयोजक साकोसका अध्यक्ष पवनप्रसाद दाहालको अध्यक्षता र बैतेश्वर गाउपालिका वडा-नं ३ का वडा अध्यक्ष कमल अधिकारी प्रमुख आतिथ्यतामा भएको थियो ।

नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत प्रेम वाग्ले र कार्यक्रम अधिकृत पवन घिमिरेले कार्यशालाको सहजीकरण गर्नुभएको थियो भने गौरीशंकर क्लष्टरमा जनजागरण साकोस, जनउपकार साकोस, जनहितकोष साकोस, बेताली साकोस, अर्थभूमि साकोस, साहारा साकोस र आकाशदिप साकोस रहेका थिए ।

उक्त कार्यशालामा आबद्ध ७ साकोसका पदाधिकारी र व्यवस्थापक गरी ४५ जनाको उपस्थिति रहेको थियो भने सो कार्यशालामा प्रोबेसनका विभिन्न सूचकमाथि छलफल गरि साकोस सञ्चालनका भावि रणनीतिक योजनाहरुका बारेमा समेत अन्तरक्रिया गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन