तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न


दोलखा । जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स अन्तर्गत तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि. च्यामाको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालित कार्यशालाको प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का हुनुभएको थियो ।

त्यसैगरि तामाकोशी क्लष्टरमा प्रगतिशिल साकोस, भविष्य निर्माण साकोस, सङ्खेश्वर साकोस, महिला साक्षरता साकोस, झुलेमिलन साकोस, जफे मिलन साकोस, जनश्रमिक साकोस, भिजन साकोस, पशुपति कल्याण साकोस को सहभागिता रहेको थियो भने सो कार्यशालाको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत पवन घिमिरेले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन