घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन


काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय दाङको आयोजनामा घोराहीमा वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन भएको थियो । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डि.सी.ले दुई दिवसीय तालिमको उद्घाटन गर्नुभएको थियो ।

उपप्रमुख डि.सी.ले स्थानीय जनप्रतिनिधि निर्वाचित भएसँगै साकोस आवाजसँगको कुराकानीका क्रममा उपमहानगरभित्र सञ्चालित सहकारीहरुलाई व्यवसायमुखी बनाउने, नीति, विधि र प्रविधिमा सञ्चालनका लागि जोड दिने र सहकारी मार्फत सरल कर्जा उपलब्ध गराएर महिलाहरुमा उद्यमशिलता विकास गरी रोजगारी सिर्जना र गरिबी निवारणमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी सो तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र कार्यक्रम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन