हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न


सर्लाही । जिल्लाको हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न भएको थियो । नेफ्स्कून र हरिवन नगरपालिकाको साझेदारीमा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत दोस्रो चरणको सहकारी सचेतीकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । हरिवन नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारीहरुलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा सहभागी विभिन्न प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारीको अवधारण, विकास, महत्व, आधारशिला कार्यक्रमको बारेमा जानकारी, सहकारीको मुल्य मान्यता, सञ्चालक तथा कर्मचारीहरुको जिम्मेवारी, सहकारी ऐन नियमको बारेमा जानकारी, सहकारीको दिगोपना तथा कार्यहरु र दोस्रो चरणको आधारशिला कार्यक्रम अन्तर्गत समिक्षा गरीएको थियो । उक्त कार्यक्रममा हरिवन नगरपालिकाका सहकारी शाखा प्रमुख दिपेन्द्र उप्रेतीले सहभागी संस्थाहरुलाई कोपोमिस सम्बन्धि जानकारी समेत गराउनुभएको थियो ।

त्यसैगरी हरिवन नगरपालिका वडा नं. ४ का वडा अध्यक्षको आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रममा नगरपालिका, सहकारी सञ्जाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत अन्य संस्था गरी ४० जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो भने व्यवस्थापन नेफ्स्कून हरिवन फिल्ड कार्यालयले गरेको थियो । कार्यक्रममा सहभागीहरुले यस आधारशिला कार्यक्रमले निष्कृय तथा अन्य सहकारीलाई समेत नीति, नियम अनुसार अगाडि बढ्नको लागि आगामी दिनमा यस कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा समेत जोड दिनुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन