कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न


चितवन । जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धि अभिमुखिण सञ्चालन भएको थियो । नेफ्स्कून फिल्ड कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा नेफ्स्कूनको प्राविधिक सहजीकरण र चितवन जिल्ला बचत संघको सहकार्य तथा समन्वय रहेको थियो ।

 

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षता र चितवन जिल्ला बचत संघका अध्यक्ष हरिश्चन्द्र सुवेदी तथा सचिव रामराज पौडेलको उपस्थितिमा कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसैगरी चितवन बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदीले विद्यमान समयमा राज्यले अवलम्बन गरेको नीतिको पालना गर्दै साकोसहरुले आफ्नो सम्पूर्ण विवरणहरु राज्य मातहतका निकायहरुमा अद्यावधिक गर्नुपर्नेमा जोड दिदै कोपोमिस कार्यान्वयमा तदारुकता देखाउन सहभागी सम्पूर्ण साकोस प्रतिनिधिहरुलाई अनुरोध गर्दै आफ्ना कर्मचारीहरुको प्राविधिक सक्षमता अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोईरालाले कोपोमिसमा आवद्धता हुनुपर्ने तथा कुनै जरिवाना तथा शुल्क नतिरिकन संस्थाले समयमानै आफ्ना सम्पूर्ण वित्तीय विवरणहरु अद्यावधिक गरी राज्यले अवलम्बन गरेको नीतिलाई साथ दिनुपर्ने कुराको जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रम सहजीकरण नेफ्स्कूनका कर्मचारी अर्जुन गुरुङले गर्नुभएको थियो ।

उहाँले आफ्नो प्रस्तुतीकरण मार्फत संस्थागत वित्तिय विवरणहरु कोपोमिसमा अद्यावधिक गराउने विषयलाई प्रष्ट पार्नुभएको थियो भने अभिमुखीकरणमा जिल्लाका ३३ बचत तथा ऋण सहकारी संस्थाबाट ३४ जनाको सहभागिता थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन