मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कून मकवानपुर फिल्ड कार्यालयको आयोजनामा वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको थियो । उक्त तालिममा मकवानपुर जिल्ला बचत संघ र जिल्लाका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि गरी ३१ जनाको सहभागिता रहेको थियो भने सो तालिम समापन समारोहको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् मकवानपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक विद्या कोइरालाले र प्रमुख आतिथ्यता नेफ्स्कून लेखा सुपरिवेक्षण समितिका सदस्य सुशिल कुमार बस्नेतले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बस्नेत र सभाध्यक्ष कोइरालाले तालिमको महत्व साथै नेफ्स्कूनका सेवाहरु सम्बन्धमा जानकारी गराउनुभएको थियो । सो अवसरमा नेफ्स्कून फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य राजेन्द्र पौडेलले नेफ्स्कूनको सेवा तथा गुणस्तरिय कार्यक्रमको महत्वको बिषयमा प्रकाश पार्नुभएको थियो ।

त्यसैगरी मकवानपुर जिल्ला बचत संघकी सञ्चालक सदस्य शर्मिला महतले पनि नेफ्स्कूनले सञ्चालन गर्ने तालिम महत्वपूर्ण रहने बताउँदै तालिमको गुणस्तरीयता सम्बन्धमा स्पष्ट पार्नुभएको थियो । उक्त तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले गर्नुभएको थियो भने सञ्चालन तथा व्यवस्थापन मकवानपुर फिल्ड कार्यालयकी इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन