केन्द्रीय उपभोक्ता सहकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा टेकप्रसाद चौलागाईं चयन


काठमाडौं । नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि. मा नयाँ नेतृत्व चयन भएको थियो । सहकारी अभियन्ता टेकप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । चौलागाई राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत हुनुहुन्छ । यसअघि उहाँले काठमाडौं जिल्ला सहकारी संघको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसक्नुभएको थियो ।

त्यसैगरी चौलागाईंको अध्यक्षतामा नवनिर्वाचित समितिमा निवर्तमान अध्यक्ष दीपकराज पौडेल, उपाध्यक्ष शिवगोपाल थापा, सचिव अर्चना अमात्य, कोषाध्यक्ष रामचन्द्र अर्याल निर्वाचित हुनुभएको थियो भने सदस्यहरुमा चन्द्रा पराजुली, नारायण रिमाल, गोविन्द रिमाल, चेतनारायण यादव, दीपक घिमिरे, चन्द्र ठकुरी र रेखा अर्याल निर्वाचित हुनुभएको थियो ।

 

 

 

 

 

 

 

 

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मण महर्जन, सदस्य कमल कँडेल र सूर्यप्रसाद शर्मा चौलागाईं निर्वाचित हुनुभएको थियो भने नवनिर्वाचित समितिले सम्पन्न १९औं साधारणसभाबाटै पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन