सनसाइन साकोस सञ्चालकहरुका लागि क्षमता विकास तालिम सञ्चालन


कास्की । पोखरा वडा नं. ८ मा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता विकास आधारभुत तालिम सम्पन्न भएको थियो । पोखरा रोयल दिदीबहिनी किचनको सभाहलमा सञ्चालित तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन कर्मचारी गरी १३ जनाको सहभागिता रहेको थियो ।

उक्त साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन नेफ्स्कूनकी सञ्चालक सदस्य कमलादेवी गिरीले गनुभएको थियो भने तालिम शुभारम्भ समारोहमा नेफ्स्कूनका अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना र साकोसकी निवर्तमान अध्यक्ष गजकुमारी गुरुङको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरी प्रमुख अतिथि गिरीले दिगो सहकारी संस्था सञ्चालन र नीति, विधि र प्रविधिको प्रयोगमा एकरुपता ल्याउन सहकारीमा तालिम अपरिहार्य रहेको बताउनुभएको थियो । उहाँले सनसाइन बचत तथा ऋण सहकारी संस्था पोखरामा एउटा गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्न सफल हुनुपर्ने सुझावसहित तालिम सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

सो साकोसका अध्यक्ष अग्निप्रसाद कँडेलले संस्थागत सक्षमता विकास गर्न र सहकारी सञ्चालनलाई दिगो एवं प्रभावकारी बनाउन तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै कुशल सञ्चालनप्रति सबैको चासो र सरोकार भएपनि त्यसलाई मूर्त रुप दिन तालिम तथा क्षमता विकास अपरिहार्य रहेको समेत बताउनुभएको थियो ।

उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो भने तालिममा स्वागत मन्तव्य साकोसका उपाध्यक्ष नरेन्द्र मित्रकोटीले गर्नुभएको थियो ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन