महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल भारतमा सम्मानित
राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल भातरमा सम्मानित हुनुभएको थियो । १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा उहाँलाई सम्मान गरिएको थियो । त्यसैगरी भारतको सहकारी मन्त्रालय र नेश्नल को–अपरेटिभ युनियन अफ भारतको संयुक्त आयोजनामा भएको एक भव्य समारोहकाबिच मल्ललाई गृह तथा सहकारी मन्त्री अमित शाहले सम्मान प्रदान गर्नुभएको थियो ।
नयाँ दिल्लीस्थित विज्ञान भवनमा भएको समारोहमा मल्ललाई सहकारी अभियानको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिएकोमा सम्मान गरिएको थियो । उहाँ नेपालबाट अन्तर्राष्ट्रिय सहकारी महासंघमा निर्वाचित हुने पहिलो नेपाली सहकारीकर्मी समेत हुनुहुन्छ भने भारतको एनसीयूबाट सहकारीको डिप्लोमा समेत गर्नुभएको थियो ।