भक्तपुरका साकोसहरुबीच वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून भक्तपुर फिल्ड कार्यालयको आयोजनामा भक्तपुर फिल्ड अन्तर्गत कारोबाररत बचत तथा ऋण सहकारी संस्थाहरुका लागि एक दिवसीय निशुल्क बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न भएको थियो ।

उक्त तालिममा भक्तपुरका ६० बचत तथा ऋण सहकारी संस्थाका ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने सो तालिम समापन समारोहमा नेफ्स्कूनकी सञ्चालक सदस्य एवम् भक्तपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक मन्दरा मिश्र प्रमुख व्यक्ति रहनुभएको थियो ।

त्यसैगरी प्रमुख व्यक्ति मन्दरा मिश्रले आर्थिक बर्षको समाप्ती अगावै वार्षिक योजना तथा बजेट निर्माण गरी सञ्चालक समितिबाट पारित र आगामी साधारणसभाबाट अनुमोदन गराउनुपर्नेमा जोड दिनुभएका साथै योजना विनाको साकोस लगाम विनाको घोडाजस्तै हुने भएकोले वार्षिक योजना सञ्चालक समिति र व्यवस्थापनलाई मार्गनिर्देश गर्ने आधार भएको बताउनुभएको थियो ।

उहाँले बजेट तथा योजनाले व्यवस्थापन र सञ्चालक समितिलाई स्वेच्छाचारी हुनबाट रोक्ने भएकोले यहाँ छलफल भएका विषयहरुलाई समेटी पूर्ण बार्षिक योजना निर्माण गरी सोको पूर्ण कार्यान्वयनका साथै मूल्यांकन एवम् समिक्षा अनिवार्य गर्नुपर्ने समेत बताउनुभएको थियो ।

उक्त तालिम कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो । नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले तालिमको सहजीकरण गर्नुभएको थियो भने तालिम तथा व्यवस्थापन सहजीकरण भक्तपुर फिल्ड कार्यालयका इन्चार्ज पेशलकुमार खड्काले गर्नुभएको थियो । त्यसैगरी व्यवस्थापन सहयोग भक्तपुर फिल्ड कार्यालयका व्यवसाय सहायक ईश्वरराज घिमिरे र लक्ष्मण बालाले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन