डाँफे साकोसका ३८ सदस्य सम्मानित


दमक । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औं स्थापना दिवसको अवसरमा सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । त्यसैगरी विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गरेका ३८ सेयर सदस्यहरु साकोसबाट सम्मानित भएका थिए । सदस्य नै साकोसका मालिक भएको हुदा सदस्य क्रियाशिलता अभिवृद्धि गर्न असल सदस्यहरुलाई सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको साकोसले जनाएको थियो भने सो अवसरमा साकोसद्वारा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

उक्त साकोसको १६औं स्थापना दिवस विशेष समारोहको समुद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो । उहाँले साकोसलाई शुभकामना दिँदै साकोसले आफ्ना सदस्य र उनीहरुको परिवारको शिक्षा, स्वास्थ्य एवम् खानपान गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने बताउदै सदस्यहरुलाई आय आर्जन र धन सृजनाको श्रंखलामा जोड्न विभिन्न व्यावसायिक सीप विकास तथा तालिमहरुमा जोड्नपर्ने समेत बताउनुभएको थियो ।

त्यसैगरी नेफ्स्कूनका सञ्चालक सदस्य घनश्याम अधिकारीले बचतलाई उत्पादनसँग जोड्न र सदस्यहरुलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन साकोसहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । उक्त संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न स्थापना दिवस समारोहमा साकोसका वित्तीय कारोबारको अवस्था प्रस्तुतीकरण सहित साकोसले गरेका सामाजिक आर्थिक क्रियाकलापहरुका बारेमा जानकारी गराइएको थियो । सो कार्यक्रममा साकोसका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव लिलानाथ खनालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन