सामूहिक साकोेसको बजेट तथा योजना निर्माण कार्य सम्पन्न


भक्तुपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आर्थिक वर्ष २०७९।८० का लागि बजेट तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको थियो । उक्त साकोसले अगामी आ.व.का लागि कुल १ अर्व ३ लाख बराबरको बजेट तथा योजना निर्माण गरेको थियो भने सो साकोसको सभाहलमा अयोजित कार्यक्रममा साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्व, लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठको आतिथ्यता रहेको थियो ।

त्यसैगरी साकोसका सचिव कृष्णहरि सैँजु र कोषाध्यक्ष अशोकरत्न शाक्य लगायत संस्थाका सञ्चालक समिति, पूर्व अध्यक्ष, सल्लाहकार तथा उपसमिति सदस्य र कर्मचारीहरु गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो भने साकोसका अध्यक्ष धनेशराज राजोपाध्यायले सदस्यहरुबीच बृहत छलफल तथा सुझाब संकलन गरि अवका दिनमा कार्यक्षेत्र विस्तार र सदस्यता वृद्धिलाई जोड दिँदैजानुपर्ने समेत बताउनुभएको थियो ।

त्यसैगरी लेखा सुपरिवेक्षक समितिका संयोजक नित्यनाथ श्रेष्ठले व्यवस्थापन र सञ्चालक समिति बीच एकमत भएर साकोसको संस्थागत सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभएको थियो भने सो कार्यक्रममा संस्थाका व्यवस्थापक कविन्द्र धौवन्जारले आ.व २०७९।८० का लागि जम्मा १ अर्व ३ लाख बराबरको बजेट तथा योजना प्रस्तुत गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन