शुभश्री साकोसद्वारा मोबाईल बैकिङ्ग सेवा शुभारम्भ


भक्तपुर । शुभश्री बचत तथा सहकारी संस्था लि. भक्तपुरले मोबाईल बैकिङ्ग सेवा शुरु गरेको छ । साकोसले सदस्यहरुलाई प्रविधिमा जोडेर वित्तीय सेवा दिने उद्देश्यका साथ एम बैंकसँग सहकार्य गरेर मोबाईल बैकिङ्ग सेवा शुरु गरेको हो । सदस्यहरुलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल बैकिङ्ग शुरुवात गरिएको साकोसले जनाएको छ ।

त्यसैगरी अनलाइन वित्तीय प्रविधिको बढदो विकास सदस्यहरुको आवश्यकता र चाहाना स्वरुप अब अत्याधुनिक बैंकिङ सेवा शुभश्री सहकारीका सदस्यहरुले आफ्नै मोबाइलमा प्रयोग गर्न सक्ने छन । यस मार्फत सदस्यहरूले घरबाटै शुभश्री सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, मोवाईल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, , अनलाइन रेमिटान्स लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्नेछन् ।

उक्त साकोसले सदस्यहरुका लागि सहकारी शिक्षा अभिमूखिकरण तथा मोबाईल बैकिङ्ग सेवा शुभारम्भ कार्यक्रमको आयोजना गरि उक्त सेवा शुरु गरेको हो । साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवं व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकालले सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम दिनुभएको थियो भने वितीय स्वास्थ्य विग्रिदा त्यसको प्रभाव सबै क्षेत्रमा पर्न सक्ने हुँदा प्रत्येक सदस्य वितीय रुपमा स्वस्थ हुनु पर्नेमा समेत जोड दिनुभएको थियो ।

उक्त कार्यक्रममा एम बैकका सिइओ विष्णु महर्जनले मोबाईल बैकिङ्ग प्रयोग गर्ने तरिका र यसको प्रयोगबाट हुने फाईदाका बारेमा सदस्यलाई जानकारी गराउनुभएको थियो भने साकोसका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले सेवालाई प्रविधीमैत्री बनाउदेै लैजाने उद्देश्यका साथ मोबाईल बैकिङ्ग शुरु गरिएको बताउनुभएको थियो । त्यसैगरी सो कार्यक्रममा साकोसका करिब २०० भन्दा बढी सदस्यहरुको सहभागिता रहको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन