हाम्रो चित्रवन साकोसले सुरु गर्यो एटिएम भिषा कार्ड सेवा


चितवन । भरतपुर महानगरपालिका–११ मा अवस्थित हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.ले एटिएम भिषा कार्ड सञ्चालनमा ल्याएको छ । भरतपुर-७ स्थित कृष्णपुरमा रहेको चित्रवन सेवा केन्द्रमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच साकोसले एटिएम भिषा कार्ड सञ्चालनमा ल्याएको हो । साकोसका अध्यक्ष तेजेन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल हुनुभएको थियो ।

त्यसैगरी प्रमुख अतिथि मन्त्री दाहालले सहकारीले बदलिदो प्रबिधि अनुरुप शेयर सदस्यलाई एटिएम भिषा कार्डको सुबिधा ल्याएकोमा खुसि व्यक्त गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष अनिलराज पौडेलले स्वागत मन्तव्य र सो कार्यक्रम सचिव कृष्णप्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

सोहि अवसरमा बिशिष्ठ अतिथि चितवन जिल्ला बचत संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रर्वद्धन शाखा अधिकृत रामबाबु पौडेल, भरतपुर महानगरपालिका वडा-नं. ७ का अध्यक्ष तथा संस्थाका पुर्व अध्यक्ष राजेन्द्रमणी काफ्ले, पायनियर एसोसियट्स प्रा.लि.का प्रवन्ध निर्देशक पायनियर खड्का, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव एवं सस्थाका पूर्व अध्यक्ष रामराज पौडेल, सनराईज बैक नारायणगढ शाखा प्रमुख रोहित महासेठ लगायतले संस्थाले सुरुवात गरेको प्रविधिमैत्री कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

त्यसैगरी सनराईज बैक, पायनियर एसोसियट्स, कोशिस सफ्टवेयरको सहकार्यमा सञ्चालनमा आएको एटिएम भिषा कार्ड मार्फत हाम्रो चितवन बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरुले सहकारीको आफ्नो खाता मार्फत नेपाल भारत र भुटानमा जुनसुकै एटिएम मेसिन मार्फत रकम निकाल्न सक्नेछन् । उक्त भरतपुर ११ स्थित मुख्य कार्यालय रहेको संस्थाले चितवन जिल्लाका विभिन्न आठ सेवाकेन्द्र मार्फत सदस्यलाई सेवा दिदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन